सामाजिक विकास समिति

परिचय

लोकतान्त्रिक शासन व्यवस्थामा राज्य शक्तिको स्रोत जनता हुने र जनतामा निहित सार्वभौमसत्ताको प्रयोग जनप्रतिनिधिहरुद्धारा गरिन्छ । संसदीय शासन प्रणालीमा संसदको भूमिकालाई प्रभावकारी बनाई नियमित तथा आकस्मिक कार्यहरुलाई निरन्तर अगाडि बढाउन संसदका सदस्यहरु मध्येबाट तोकिएका सदस्यहरु रहने गरी विभिन्न संसदीय समितिहरु गठन गरिन्छन् ।

संसदीय समितिले संसदका गतिविधिहरुलाई सरल तथा छिटोछरितो तुल्याउने एवम् सरकारलाई संसदप्रति जिम्मेवार तथा जवाफदेही बनाउने कार्यमा सहजता प्रदान गर्ने हुँदा यसलाई लघु संसद (Mini Parliament)  पनि भन्ने गरिन्छ । कर्णाली प्रदेश, प्रदेश सभा नियमावलीको परिच्छेद १९ को नियम १४५ मा ४ वटा विषयगत समिति रहने व्यवस्था रहेको छ । ती विषयगत समितिहरुमध्ये सामाजिक विकास समिति प्रदेश सभाको एउटा महत्वपूर्ण समिति हो । समितिका सदस्यहरूले आफूमध्येबाट निर्वाचित गरेको व्यक्ति समितिको अध्यक्ष हुने व्यवस्था छ । अध्यक्षको निर्वाचन नभएको वा नरहेको अवस्थामा ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने व्यवस्था रहेको छ ।  समितिको बैठक बस्न सम्पूर्ण सदस्य संख्याको एकाउन्न प्रतिशत  सदस्यको उपस्थिति आवश्यक पर्छ । कुनै पनि निर्णय गर्नका लागि उपस्थित सदस्य सख्याको बहुमत आवश्यक पर्छ ।

सरकारलाई प्रदेश सभाप्रति उत्तरदायी र जवाफदेही बनाउनका लागि प्रदेश सरकारबाट भए गरेका काम कारवाहीको अनुगमन र मूल्यांकन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिन कर्णाली प्रदेशसभा नियमावलीको नियम १५४ अनुसार यस समितिको कार्यक्षेत्र अन्तर्गत देहाय बमोजिमका मन्त्रालय तथा आयोगहरु पर्दछन् :

* सामाजिक विकास मन्त्रालय,
* भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय,
* श्रम, सामाजिक न्याय र मानव अधिकार ।

सामाजिक विकास समितिमा रहनु भएका माननीयहरु

क्र.सं.

माननीय सदस्यहरुको नाम

पद

मोवाइल नम्वर

1.

मा० घनश्याम भण्डारी

सभापति

9851002668

2.

मा० इन्द्राकुमारी शाही

सदस्य

9851149504

3.

मा० कलबहादुर हमाल

सदस्य

9843075808

4.

मा० गमता बि.क.

सदस्य

9848208979

5.

मा० जुम्कित लामा (कार्की)

सदस्य

9848316138

6.

मा० मिलन खड्का रोका

सदस्य

9761063008

7.

मा० यामलाल कडेल

सदस्य

9858050012

8.

मा० राजिवविक्रम शाह

सदस्य

9851042576

समिति सचिवालय :

प्रदेश सभा सचिवालय अन्तर्गत सामाजिक विकास समितिको सचिवालय रहन्छ । प्रदेश सभाको सचिव प्रत्येक समितिको पदेन सचिव हुने अधिकृत कर्मचारीलाई समितिको सचिव भई काम गर्न तोक्न सक्ने व्यवस्था नियमावलीमा गरिएको छ ।

समिति सचिवालयमा कार्यरत कर्मचारीहरु :

श्री राजेन्द्र पौडेल - समिति सचिव

श्री प्रकाश पौडेल

श्री गणेश देवकोटा

दर्ता विधेयक

Darta

समितिमा गएका विधेयक

Samiti

पारित विधेयक

Parit

प्रमाणीकरण भएका बिधेयक

Pramanikaran