प्रदेश मामिला समिति

परिचय

लोकतान्त्रिक शासन व्यवस्थामा राज्य शक्तिको स्रोत जनता हुने र जनतामा निहित सार्वभौमसत्ताको प्रयोग जनप्रतिनिधिहरुद्धारा गरिन्छ । संसदीय शासन प्रणालीमा संसदको भूमिकालाई प्रभावकारी बनाई नियमित तथा आकस्मिक कार्यहरुलाई निरन्तर अगाडि बढाउन संसदका सदस्यहरु मध्येबाट तोकिएका सदस्यहरु रहने गरी विभिन्न संसदीय समितिहरु गठन गरिन्छन् ।

संसदीय समितिले संसदका गतिविधिहरुलाई सरल तथा छिटोछरितो तुल्याउने एवम् सरकारलाई संसदप्रति जिम्मेवार तथा जवाफदेही बनाउने कार्यमा सहजता प्रदान गर्ने हुँदा यसलाई लघु संसद ( Mini Parliament)  पनि भन्ने गरिन्छ । कर्णाली प्रदेश, प्रदेश सभा नियमावलीको परिच्छेद १९ को नियम १४५ मा ४ वटा विषयगत समिति रहने व्यवस्था रहेको छ । ती विषयगत समितिहरुमध्ये विधायन समिति एउटा महत्वपूर्ण समिति हो । समितिका सदस्यहरूले आफूमध्येबाट निर्वाचित गरेको व्यक्ति समितिको अध्यक्ष हुने व्यवस्था छ । कुनै पनि निर्णय गर्नका लागि उपस्थित सदस्य सख्याको बहुमत आवश्यक पर्छ ।

सरकारलाई प्रदेश सभा प्रति उत्तरदायी र जवाफदेही बनाउनका लागि प्रदेश सरकारबाट भए गरेका काम कारवाहीको अनुगमन र मूल्यांकन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिन प्रदेश सभा नियमावलीको नियम १54 अनुसार यस समितिको कार्यक्षेत्र अन्तर्गत देहाय बमोजिमका मन्त्रालय तथा आयोगहरु पर्दछन् :

- प्रदेश मन्त्रिपरिषद्को कार्यालय,
- आन्तरिक मामिला तथा कानून मन्त्रालय,
- प्रदेश लोक सेवा आयोग र
- सरकारका कामकाजको अनुगमन ।

  प्रदेश मामिला समितिमा रहनु भएका माननीयहरु

क्र.सं.

माननीय सदस्यहरुको नाम

पद

मोवाइल नम्वर

1.

मा० कल्यानी खड्का

सभापति

9841085284

2.

 मा० जानकी सिंह

सदस्य

9843698990 

3.

मा० टेकराज पछाई

सदस्य

9851070650

4.

मा० दक्षिणा शाही

सदस्य

9848302606

5.

मा० पूर्णबहादुर खत्री

सदस्य

9848038208

6.

मा० महेन्द्र के.सी.

सदस्य

9840479632

7.

मा० रणसिंह परियार

सदस्य

9848316358

8.

मा० सुरेश अधिकारी

सदस्य

9847844092

 

कर्णाली प्रदेशसभा सचिवालय अन्तर्गत प्रदेश मामिला समितिको सचिवालय रहन्छ । प्रदेश सभाको सचिव प्रत्येक समितिको पदेन सचिव हुनेअधिकृत कर्मचारीलाई समितिको सचिव भई काम गर्न तोक्न सक्ने व्यवस्था नियमावलीमा गरिएको छ ।समिति सचिवालय :

समिति सचिवालयमा कार्यरत कर्मचारीहरु :

श्री मदन खड्का - समिति सचिव

श्री कल्पना गौली 

श्री सदामसिंह राठौर

श्री गंगाप्रसाद अधिकारी

दर्ता विधेयक

Darta

समितिमा गएका विधेयक

Samiti

पारित विधेयक

Parit

प्रमाणीकरण भएका बिधेयक

Pramanikaran