लोकतान्त्रिक शासन व्यवस्थामा राज्य शक्तिको स्रोत जनता हुने र जनतामा निहित सार्वभौमसत्ताको प्रयोग जनप्रतिनिधिहरुद्धारा गरिन्छ । संसदीय शासन प्रणालीमा संसदको भूमिकालाई प्रभावकारी बनाई नियमित तथा आकस्मिक कार्यहरुलाई निरन्तर अगाडि बढाउन संसदका सदस्यहरु मध्येबाट तोकिएका सदस्यहरु रहने गरी विभिन्न संसदीय समितिहरु गठन गरिन्छन् ।
प्रदेशसभाबाट समितिमा आएका विधेयकहरुलाई परिमार्जन गरी परिस्कृत गर्नका साथै सभाका अन्य कार्यहरुलाई व्यवस्थित र प्रभावकारी रुपम सम्पादन गर्न, प्रदेशका काम कारवाहीप्रति प्रदेश सभाका सदस्यहरुलाई जागरुक, जिम्मेवार तुल्याउन र प्रदेश सरकारलाई जनताप्रति उत्तरदायी उत्तरदायी र जवाफदेही बनाउनका लागि प्रदेश सरकारबाट भए गरेका काम कारवाहीको अनुगमन र मूल्यांकन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिन प्रदेश सभा नियमावलीको नियम १५४ अनुसार यस समितिको कार्यक्षेत्र अन्तर्गत देहाय बमोजिमका मन्त्रालय तथा आयोगहरु पर्दछन् :
आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, जलश्रोत तथा उर्जा विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसम्बन्धी ।
अर्थ तथा प्राकृतिक स्रोत समितिमा रहनु भएका माननीयज्यूहरु
क्र.सं.
माननीय सदस्यहरुको नाम
पद
मोवाइल नम्वर
१
सभापति
२
मा० अमृता शाही
सदस्य
9848094325
३
मा० खडक बहादुर खत्री
सदस्य
985८०५०१९९
४
मा० दल रावल
सदस्य
9851221652
५
मा० यामलाल कंडेल
सदस्य
9858023457
६
मा0 रातो कामी
सदस्य
9857824279
७
मा० सीता कुमारी नेपाली
सदस्य
9858089666
८
मा0 शोसीला शाही
सदस्य
9848307017
समिति सचिवालयमा कार्यरत कर्मचारीहरु : प्रदेश सभा सचिवालय अन्तर्गत अर्थ तथा प्राकृतिक स्रोत समितिको सचिवालय रहन्छ । प्रदेश सभाको सचिव प्रत्येक समितिको पदेन सचिव हुने, अधिकृत कर्मचारीलाई समितिको सचिव भई काम गर्न तोक्न सक्ने व्यवस्था नियमावलीमा गरिएको छ ।